तपाईँ सुन्दै हुनुहुन्छः

थप सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश र स्थानीय तहलाई कोभिड–१९ तथा नयाँ भेरिअन्ट ओमिक्रोन नियन्त्रणका लागि थप सतर्क भएर तयारीमा लाग्न अनुरोध गरेको छ ।

मन्त्रालयले आज सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय र सबै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र लेख्दै ओमिक्रोन सङ्क्रमणलाई बढ्न नदिन जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गर्न गराउन, जोखिम क्षेत्रहरू (हटस्पट) पत्ता लगाई परीक्षणको दायरा  बढाउन अनुरोध गरेको छ । 

सङ्क्रमणको जोखिमलाई मध्यनजर गदै सीमानाबाट प्रवेश गर्ने यात्रुहरूको परिक्षण, खोप लगाउन छुटेकाहरूलाई लक्षित वर्गलाई खोप लगाउन र आइसोलेसन तथा क्वारेनटाइनमा रहेकालाई निगरानी गर्न समेत आग्रह गरिएको छ ।  

महामारीको जोखिम बढिरहेको हुँदा पहिचान भएका कोभिड–१९ केसको आइसोलेसन, उपचारलगायतको व्यवस्थापनमा समन्वय र सहयोग गर्न भनिएको छ । 

पहिचान भएका सङ्क्रमितसँग सम्पर्कमा आएकालाई कनट्याक्ट ट्रेसिङ गर्न र सीमा नाकामा रहेका प्रवेश विन्दुबाट प्रवेश गर्ने यात्रुको प्रोटोकल अनुसार परीक्षण तथा व्यवस्थापन गर्न भनिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button