तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पा लघुवामा बस दुर्घटना, ६ जनाको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोट २ लघुवामा मलामी बोकेको बस दुर्घटना दुर्घटना भएको छ । लु. २ ख ७२७९ नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।

स्थानीय शिक्षक दिपक कुँवरका अनुसार बुटवलबाट रिडी मलामी बोकेर जाँदै गरेको बस दुर्घटना भएको हो । ३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा सडकबाट करिब ५० मिटर तल झरेको बताइएको छ ।

दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको र उद्दार कार्य जारी रहेको उहाँले बताउनुभयो । मृतकको संख्या अझै बढ्न सक्ने उहाँले जानकारी दिनुभयो । दुर्घटनाबारे बिस्तृत बिबरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button