तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाउनुभएको थियो ।

संसद बैठकअघि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठक संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले स्थगित गरिएको बताइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button