तपाईँ सुन्दै हुनुहुन्छः

एमालेमाथि चौतर्फी घेराबन्दी: महासचिव पोखरेल

नेपालगन्ज । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेको बढ्दो लोकप्रियताका कारण एमालेमाथि चौतर्फी घेराबन्दी भइरहेको बताउनुभएको छ । 

नेकपा एमाले बाँकेले आज नरैनापुर गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले सरकारमा रहँदा राम्रो काम गरेको र जनताले रुचाएकै कारण एमालेविरुद्ध गठबन्धन बनेको दाबी गर्नुभयो ।

एमालेले राम्रो काम गर्दा चौतर्फी आक्रमण गरी एमालेलाई रोक्न गठबन्धन र घेराबन्दी भएको उहाँले जिकिर गर्नुभयो । महासचिव पोखरेलले आगामी निर्वाचनमा पुनः बहुमत ल्याएर एमालेले मुलुकको नेतृत्व गर्ने दाबी गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button