चार दिनदेखि हिउँमा फसेका बाबु छोराको उद्धारमा समस्या

ताप्लेजुङ । चार दिनदेखि हिमपातमा फसेका ताप्लेजुङका मिक्वाखोला गाउँपालिकाका बाबु छोराको उद्धारमा समस्या भएको छ ।
बाबु छोराका उद्धारका लागि आज दिउँसो लोदेन खर्कमा गएको हेलिकप्टरले ठाउँको पहिचान गर्न नसक्दा त्यसै सदरमुकाम फर्किएको छ ।
बाक्लो हिमपातका कारण ठाउँको पहिचान गर्न नसकिएको वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिनुभयो ।
बुधवार भारी हिमपात हुन थालेपछि चौँरी गोठ सार्ने क्रममा गाउँपालिका वडा नं ५ निवासी बुबा ५० वर्षीय लाक्पा टाँसी शेर्पा र छोरा १५ वर्षीय पासाङ छिरिङ शेर्पा चार दिनदेखि हिमपातमा पसेका छन् ।
हेलिकप्टरले हेर्ने काम भयो पुन बस्तीमा रोकेर पुन ठाउँको पहिचान गर्न खोजिए पनि हिउँले केही देख्न नसकिएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।
उद्धारका लागि सरकारी हेलिकप्टर ल्याउने कागजी प्रक्रिया ढिलो भएका कारण प्राइभेट कम्पनीको हेलिबाट उद्धारको प्रयास गरिएको थियो ।

टाँसीले आफूहरू हिउँमा फसेको भन्दै उद्धारका लागि आज बिहान पनि फोन समर्पक गरेको वडा अध्यक्ष शेर्पाको बताउनुभयो ।
गाउँले र स्थानीय प्रहरीहरू उद्धारका लागि गए पनि हिउँले बाटो पुरै ढाकेकोले सम्भव नभएको बताइएको छ ।
आज उद्धारमा गर्न कठिनाइ भएकोले भोलि बिहान पुन सात बजे उद्धारका प्रयास गरिने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्