पोखराबाट हुने सबै किसिमका हवाई उडानहरू प्रभावित
पोखरा । प्रतिकूल मौसमका कारण पोखराबाट हुने सबै किसिमका हवाई उडानहरू प्रभावित भएका छन् ।
मङ्गलवार रातिदेखि भएको वर्षाका करण पोखराबाट हुनै सबै किसिमका उडान प्रभावित भएको हो ।
पोखराबाट काठमाडौँ, भैरहवा, नेपालगन्ज, विराटनगर, सिमरा, भरतपुर, जोमसोम लगायतका स्थानमा जाने तथा पर्यटक सयर गराउने हेलिकोप्टर र अल्ट्रालाईटका सबै उडान रद्द भएको छ ।
एयरलाइन्स कम्पनीहरूले मौसम खराब भएका कारण ती स्थानहरूमा जहाजहरू उड्न भर्न सकेका छैनन् ।
उडान हुन नसक्दा यात्रुहरू विमान स्थलमै रोकिएका छन् । राति देखिको निरन्तर वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा हिमपात भएको छ ।
चिसोको कारण जनजीवन कष्टकर बनेको छ ।








प्रतिक्रिया राख्नुहोस्