तपाईँ सुन्दै हुनुहुन्छः

चार वर्षदेखि लेखा परिक्षण नगर्ने विद्यालय विरुद्ध अख्तियारमा उजुरी

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ खल्लागोठको बाल कल्याण आधारभूत विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै स्थानीयले अख्तियारमा उजुरी दिएका छन् ।

कृष्णपुरका एक जना स्थानीयले विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा उजुरी दिएका हुन् ।

विद्यालयका प्रधानाध्यापक मीनबहादुर धानुक र अध्यक्ष छंगा रानाविरुद्ध उजुरी परेको छ । वर्षौँदेखि लेखा परीक्षण नगराएको र अहिले बिलहरू मिलाइरहेको आरोप लगाउँदै अख्तियारमा उजुरी दर्ता भएको छ ।

प्रत्येक वर्ष लेखा परीक्षण गराउनुपर्ने कानूनी प्रावधान भए पनि उक्त विद्यालयले ४ वर्षदेखि लेखा परीक्षण नगराएको पाइएको थियो ।

प्रधानाध्यापक मीनबहादुर धानुक बिरामी भएकाले समयमै लेखा परीक्षण गराउन नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छंगा रानाले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button