जुम्ली स्याउको उत्पादन बर्षेनी घट्दै, किसान चिन्तित

जुम्ला । स्याउ खेती जुम्लाको आर्थिक विकासको बलियो स्रोत मध्ये एक हो ।
यहाँका हजारौँ किसान स्याउ खेती गरेरै घर खर्चदेखि छोराछोरी पढाउने गर्छन् । बजारमा जुम्ली स्याउको माग बढ्दो छ । किसान पनि स्याउ खेतीतर्फ धेरै आकर्षित छन् । स्याउ खेतीको क्षेत्र पनि बिस्तार हुँदै गएको छ । तर खेतीमा किसानको आकर्षण, बाह्य बजारमा बढ्दो माग भए पनि दुई वर्षयता जुम्ली स्याउको उत्पादन भने ह्वात्तै घट्दै आएको छ । जसले गर्दा किसान चिन्तित बनेका छन् ।
कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार २०७६ मा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।
त्यस्तै, २०७७ सालमा दोब्बरले घटेर ६ हजार २ सय १० मेट्रिक टन मात्रै उत्पादन भयो । यो वर्ष चार गुणाले घटेर ६ हजार १ सय ६० मेट्रिक टन मात्रै उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताउनुभयो ।
गत वर्षभन्दा यस वर्ष १ प्रतिशतले स्याउ उत्पादन घटेको छ । आशातित उत्पादन १९ प्रतिशतले घटेको छ ।
गत वैशाख १६ र १८ गते र जेठको ३ र ४ गते असिना आउँदा जुम्ली स्याउ उत्पादनमा ठुलो गिरावट आएको हो ।
उहाँले भन्नुभयो, “सिँचाइ अभाव र मौसम परिवर्तनले उत्पादन घट्दै गएको हो । समयमा पानी नपर्नु, उत्तरी मोहोडाका स्याउमा सिँचाइ अभाव हुनु र स्याउमा पछिल्लो समय किराको प्रकोप बढ्नु, उचित बगैँचा व्यवस्थापन नहुनुलगायत कारण उत्पादन घटेको हो ।”
जम्मा उत्पादन भएको १० हजार ५ सय टन मध्ये ६० प्रतिशत निर्यात भइसकेको छ । भने ४० प्रतिशत मात्रै जिल्लामा रहेको प्रमुख अधिकारीको भनाई छ । स्याउ उत्पादन बढाउन बगैँचा व्यवस्थापनदेखि, मलजल, सिँचाइमा ध्यान पुर्याउन आवश्यक छ ।
जुम्लामा प्राङ्गारिक मलको अभावले पनि स्याउ उत्पादन वर्षेनी घट्दै आएको किसान तारा बोहोरा बताउँछन् । “सरकारले जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा गरे पनि मलको व्यवस्था मिलाउन नसकेको छैन ।” किसानले बोहोराले भन्नुभयो, “गोठे मलको भरमा हामीले खेती गर्नुपर्छ । धान, जौ, गहुँलगायत बालीमा त मल पुग्दैन, स्याउमा कसरी पुराउने ?”
यस वर्ष असिना र तुसारोले पनि स्याउ उत्पादन घटाएको गुठिचौरका स्याउ किसान कृष्ण न्यौपानेले बताउनुभयो । सबै किसानले कृषि बिमा नगरेका कारण राहत पाउन पनि पाएका छैनन् ।
जुम्लामा करिब १७ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् । भने,यहाँको १० हजार हेक्टरमा स्याउ खेती हुने अनुमान छ । तर हाल ३ हजार ८ सय हेक्टरमा मात्रै खेती भए पनि १ हजार ५ सय हेक्टरमा मात्रै उत्पादन भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्