कृषि विकास बैङ्क सञ्चालक समितिको अध्यक्षमा के.सी. नियुक्त
काठमाडौँ । कृषि विकास बैङ्क लि. बैङ्क सञ्चालक समितिको बैठकले बैङ्कको अध्यक्ष पदमा रमेशकुमार के.सीलाई नियुक्त गरेको छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नवनियुक्त अध्यक्ष केसीलाई शपथ ग्रहण गराउनुभएको छ ।
उहाँ अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्