तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट: सुदूरपश्चिम र एपीएफ विजयी

धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपीएफ विजयी भएका छन् । 

फाफ्ला मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै विजय हासिल गरेको छ । यसैगरी अर्को खेलमा एपीएफले प्रदेश नं २ लाई ४८ रनले पराजित गरेको छ । 

प्रतियोगिता अन्तर्गत भोलि लुम्बिनी प्रदेश र प्रदेश नं १ तथा बागमती प्रदेश र कर्णाली प्रदेशका बिच खेल हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button