तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँमा शैक्षिक मेला हुँदै

काठमाडौं । उच्च शिक्षा लिन चाहने व्यक्तिहरूलाई लक्षित गरी यही पौष ८ र ९ गते काठमाडौँमा शैक्षिक मेला हुने भएको छ ।

भिजन मिडिया इन्कर्पोरेशन र एजुकेसन डटकमको आयोजनमा स्वदेशमै शिक्षा सबैको इच्छा भन्ने उद्देश्यका साथ शैक्षिक मेला गर्न लागिएको हो ।

दुई दिनसम्म चल्ने मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय लगायतका विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आबद्ध कलेजहरूले विद्यार्थीहरूलाई निःशुल्क परामर्श दिने आयोजकले जनाएको छ ।

मेलामार्फत नेपालमै अन्तराष्ट्रियस्तरको शिक्षाका लागि विद्यार्थीहरूले निःशुल्क परामर्श लिन सक्नेछन् भने ४० भन्दा बढी कलेजहरू सहभागी हुने पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button