घाँटी रेटी युवकको हत्या
कैलाली । कैलालीमा एक जनाको घाँटी रेटी हत्या गरिएको छ ।
जानकी गाउँपालिका वडा नं ९ स्थित अमरावती सामुदायिक वनमा जानकी गाउँपालिका वडा नं ९ का २५ वर्षीय अर्जुन दासको घाँटी रेटी हत्या गरिएको प्रहरी चौकी अमरावतीका प्रहरी सहायक निरीक्षक सुरत बोहराले जानकारी दिनुभयो ।
हिजो साँझ घरबाट साथीसँग निस्केका दास आज दिउसो सामुदायिक वनमा घाटी रेटी हत्या गरेको अवस्थामा भेटिएका हुन् ।
घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्