तपाईँ सुन्दै हुनुहुन्छः

६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित

काठमाडौं । सरकारले अमेरिका, मलेसियासहित ६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित गरेको छ । यसअघि कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम जारी गरेको थियो । अध्यागमन विभागले अर्को सूचना प्रकाशित नभएसम्म उक्त स्थगित गरिएको एक विज्ञप्ती मार्फत जनाएको छ ।

विभागनले शनिबार बिहान एक सूचना प्रकाशित गर्दै शुक्रबार प्रकाशित यात्रा प्रतिवन्ध र ७ दिन होटलमा अनिवार्य क्वारेन्टाइन सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो ।

‘अध्यागमन विभागले १७ डिसेम्बर २०२१ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध ९७ दिन अनिवार्य होटेल क्वारेन्टाइन० सम्बन्धी जानकारी अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू यथावत रहनेछन्।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button