तपाईँ सुन्दै हुनुहुन्छः

राजविराज कारागारमा एक जना कैदीबन्दीको मृत्यु

राजविराज  । सप्तरीको राजविराजस्थित कारागारमा एक जना कैदीबन्दीको आज मृत्यु भएको छ । 

पेट दुख्न थालेपछि उपचारको लागि अस्पताल लगिएका ५८ वर्षीय उद्धवप्रसाद खतिवडाको मृत्यु भएको हो ।

पेट दुखेर  खतिवडा बेहोस भएपछि उनलाई गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरेको कारागार व्यवस्थापन प्रमुख सुमन कोइरालाले बताउनुभयो । उनको उपचारकै क्रममा बिहान सवा ११ बजे मृत्यु भएको जेलर कोइरालाले जानकारी दिनुभयो  । 

चिकित्सकका अनुसार उनको हृदयाघातबाट मृत्यु भएको हो ।

सुनसरीको दुहबी ४ का खतिवडा कागजात किर्ते गरी ठगी सम्बन्धी मुद्दामा २०७५ साउन १७ गतेदेखि पुर्पक्षका लागि कारागारमा थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button