तपाईँ सुन्दै हुनुहुन्छः

नेपालकै पहिलो कन्या माविको जीर्णोद्धार सम्पन्न

वीरगंज  । बीरगंज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले शैक्षिक क्षेत्रमा विशेष योगदान पुर्‍याएको देशकै पहिलो कन्या माविलाई आर्थिक तथा भौतिक रुपमा सम्पन्न गराउने अभियानमा महानगरपालिका जुटेको बताउनुभएको छ । 

मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको कन्या माविको भवनको महानगरपालिकाले ५० लाखको लागतमा जीर्णोद्धार सम्पन्न गरेको छ । 

जिर्णोद्वारपछि आज आयोजित एक कार्यक्रमका भवनको उद्घाटन गर्दै  नगरप्रमुख सरावगीले नेपालकै पहिलो कन्या माविको रुपमा स्थापित विद्यालयलाई गुणस्तरीय र आधुनिकीकरण गर्दै महानगरपालिका अगाडी बढ्ने दाबी गर्नुभयो । 

कार्यक्रममा वीरगंजका उद्योगपति, व्यवसायी, विद्यालय सञ्चालक समितिका पदाधिकारी, शिक्षक, विद्यार्थीहरूको सहभागिता रहेको थियो । 

यसैगरी,  नगरप्रमुख सरावगीले आज एक कार्यक्रमका बीच महानगरपालिकाबाट पाउने तलब भत्ताबाट स्थापित मेयर कल्याणकारी कोषबाट दुई जना छात्रालाई छात्रवृत्ति समेत प्रदान गर्नुभएको छ ।

उहाँले आर्थिक अवस्था कमजोर भएका नेशनल इन्फोटेक सेकेण्डरी स्कुलमा अध्ययनरत दुई जना छात्राहरूलाई पठन पाठनमा टेवा पुर्‍याउने उद्देश्यले १ लाख २३ हजार ७ सय ५६ रुपैयाँ बराबरको चेक हस्तान्तरण समेत गर्नुभएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button