तपाईँ सुन्दै हुनुहुन्छः

चिसो झन् बढ्यो, काठमाडौँको तापक्रम ४.२ डिग्रीमा झर्‍यो

काठमाडौँ। नेपालमा चिसो झन् बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँको तापक्रम ४.२ डिग्री सेल्सियसमा झरेको छ । यहाँको अधिकतम तापक्रम पनि २० डिग्री रहेको छ ।
जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहँदा अधिकतम तापक्रम १५.४ डिग्री मात्र छ ।

धनगढीको तापक्रम ८.३ डिग्रीमा झरेको छ, त्यहाँ अधिकतम तापक्रम २४ डिग्री छ ।

नेपालगन्जको न्यूनतम तापक्रम ९, विराटनगरको ५.९, पोखराको ८ र विराटनगरको ९.५ डिग्री रहेको छ । मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

बुधवार बिहान पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button