तपाईँ सुन्दै हुनुहुन्छः

तानसेन–तम्घास सडक खण्ड दैनिक ६ घण्टा बन्द

पाल्पा । तानसेन तम्घास सडक खण्ड चौँडा गर्नका लागि १५ दिन सडकसम्म दैनिक ६ घण्टा बन्द गरिने भएको छ । मङ्सिर २५ गतेदेखि पुस १० गतेसम्म  सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । 

हरेक दिन बिहान ९ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म सुरक्षा निकाय र एम्बुलेन्सका सवारीसाधनबाहेक अन्य सबै सवारीसाधनलाई आवतजावतमा रोक लगाएर सडक चौँडाको काम गरिने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले जानकारी दिनुभयो ।

सडक बन्द रहेको समयमा साना सवारीलाई वैकल्पिक सडकको रूपमा जोर्ते, लुहुङ चण्डीभन्ञ्याङ बतासेडडाँको सडक प्रयोग गर्न सकिने कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button