सामुदायिक वनमा बेवारिसे अवस्थामा भेटियो भरुवा बन्दुक

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको एक सामुदायिक वनमा बेवारिस अवस्थामा भरुवा बन्दुक फेला परेको छ ।
इलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोस्ट वाणीको टोलीले कृष्णपुर नगरपालिका–२ मा पर्ने आदर्श र गोलाबारी सामुदायिक वनबिचको खोलाबाट भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उक्त बन्दुकलाई बरामद गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्