तपाईँ सुन्दै हुनुहुन्छः

बीमा सचेतनामूलक सन्देश प्रसारण गर्ने सम्बन्धि सम्झौता

पोखरा । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय पोखरा र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराबिच आ.व. २०८३/८४ का लागि बीमा सम्बन्धि सचेतनामुलक सूचना, सन्देश प्रसारण गर्ने सम्झौता भएको छ । 

सम्झौता पत्रमा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख शम्भु प्रसाद मिश्र र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराका प्रमुख शान्ती गुरुङले आज हस्ताक्षर गर्नुभयो । 

हस्ताक्षर कार्यक्रममा बोल्नुहुँदै नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश पोखराका प्रमुख मिश्रले रेडियो नेपालबाट बीमा सम्बन्धि सचेतनामुलक सूचना तथा सन्देशहरू प्रसारण गर्नाले सर्वसाधारणले बीमाको महत्व बुझ्ने र अप्ठ्यारो परेका बेला बीमा प्राधिकरण सधैँ नागरिकको साथमा रहेको बताउनुभयो । 

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराका प्रमुख शान्ती गुरुङले नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश पोखरालाई धन्यवाद दिनुहुँदै यसरी रेडियोबाट बीमा सम्बन्धी सचेतनामुलक सामाग्रीहरू प्रसारणले बिमाका बारेमा नबुझेर अन्यौलमा परेका नागरिकलाई सघाउ पुग्ने र बीमा गर्न प्रेरित हुने बताउनुभयो । 

बीमा सम्बन्धि सचेतनामुलक सामाग्री रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र गण्डकी प्रदेश पोखराको मिडियम वेभ ६८४ किलोहर्ज का साथै एफ.एम व्याण्डको ९८ मेगाहर्जमा गोर्खाको उपल्लोकोट, १०० मेगाहर्जमा पोखरा, तनहुँको बन्दिपुर, पर्वतको दुर्लुङकोटबाट गण्डकी प्रदेशका ११ वटै जिल्ला साथै १०३ मेगाहर्जमा नवलपुरको दाउन्ने र पाल्पाको बगनासकालीस्थित रिले स्टेशनबाट  सुन्न सकिनेछ ।

यसका अलवा रेडियो नेपालको अनलाइन, मोबाइल एप, फेसबुक पेजबाट समेत सुन्न सकिनेछ ।  सम्झौताको अवधि २०८३ असोज १ गतेदेखि २०८४ असार मसान्तसम्म कायम रहने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button