एमाले महाधिवेशन: बन्द सत्र साँझ ७ बजेदेखि सुरु हुने
चितवन । नेकपा एमाले महाधिवेशनको तेस्रो दिन आज अध्यक्ष लगायत पदाधिकारीहरूको सर्वसम्मत चयनका लागि सहमति जुटाउन दिनभर छलफलमा केन्द्रित भएको छ ।

चितवनमा जारी महाधिवेशनमा आजको बन्द सत्र बिहानै सुरु हुने भनिए पनि सहमतिका लागि भन्दै शीर्ष नेताहरू छलफलमा जुटेपछि बन्द सत्र साँझ ७ बजेदेखि सुरु हुने एमाले केन्द्रिय सदस्य गोकुल बास्कोटाले जानकारी दिनुभयो ।
नेता बास्कोटाले अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किएपछि आजको बन्द सत्र ७ बजे सुरु भएर केही बेरमै सकिने जानकारी दिनुभयो ।

दिनभरको छलफलपछि पदाधिकारी र सदस्यहरूको नामावली बन्द सत्रमा घोषणा गरिने तयारी भइरहेको एमालेले जनाएको छ ।
महाधिवेशनको हिजोको बन्द सत्रले अध्यक्ष ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गर्ने अधिकार दिएको थियो । त्यसै अनुसार एकलौटी रुपमा नाम घोषणा गर्ने र ध्वनि मतका आधारमा पारित गराउने तयारी भइरहेको एमालेले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्