कांग्रेस पाल्पा सभापतिमा भारी मत सहित हिमालदत्त श्रेष्ठ विजयी

पाल्पा । नेपाली काँग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठले भारी मत अन्तरले कृष्ण बस्याललाई पराजित गर्दै विजयी हुनुभएको हो ।
खसेको कुल १ हजार ३ सय १३ मत मध्ये श्रेष्ठ ८ सय ९० मत ल्याउनुभयो भने, उहाँका निकटतम प्रतिद्वन्द्वी बस्यालले ३ सय ८१ मत ल्याउनुभयो । यस्तै उपसभापतिमा झपेन्द्र गहिरे र ज्ञानबहादुर गाहा निर्वाचित हुनुभएको छ । गहिरेले ७ सय ५४ र गाहाले ७ सय ७३ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृत दिनेश त्रिपाठीले जानकारी दिनुभयो ।
सचिवमा सुनिता अधिकारी ७ सय ८५ मतसहित विजयी हुनुभएको छ । अर्को सचिव पदमा ८ सय ७ मतसहित सन्तोष थापा निर्वाचित हुनुभयो । यस्तै सहसचिव पदमा विष्णुकुमार थापा र हुमिद मिया निर्वाचित हुनुभएको छ । थापाले ७ सय ४३ र मियाले ६ सय ४१ मत ल्याइ विजयी भएको निर्वाचन अधिकृत त्रिपाठीले जानकारी दिनुभयो ।
यस्तै काँग्रेसको जिल्ला कार्य समिति सदस्यका लागि भएको चुनावमा सुवि विश्वकर्मा, इन्द्रनारायण श्रेष्ठ, बुद्धिप्रकाश रेग्मी, हिमाल मल्ल, टेकबहादुर थापा, बालकृष्ण जिसी, विष्णुप्रसाद पाण्डेय, मुक्तिराम बस्याल, पुरुषोत्तम अर्याल, मोहनप्रसाद श्रेष्ठ, माधव थापा, दानबहादुर पौडेल, डिलाकुमारी रानाभाट, जयसरा बाह्रघरे, सावित्रा गौतम, सरस्वतीदेवी आचार्य, शुभद्रादेवी शर्मा, कमला कार्की, गिरिजा गैरे, निर्मला पौडेल, गिता खनाल, रिता गौतम विजयी हुनुभएको छ ।
यस्तै सदस्यमा इन्दिरा भट्टराई, गीता भट्टराई, लक्ष्मण रायमाझी, सूर्यप्रसाद पोखरेल, अमीरबहादुर राना, कमल राना, गणेश श्रेष्ठ, युवराज चिदी, राजकुमार श्रेष्ठ, इन्दिरा राना, काजल सारु, मिनाकुमारी श्रेष्ठ, सन्ध्या बज्राचार्य, टेकबहादुर विक, तारा रसाइली, जगन्नाथ कँडेल, हेमराज गैरे र सीता पंगेनी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्