तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र जारी छ । 

चितवनको नारायणी नदी किनारमा शुरु भएको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिने क्रम जारी छ ।

शुभकामना दिने क्रममा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले राष्ट्रिय स्वाधीनता रक्षाका लागि सबै पाटी एक ठाउँमा उभिनुपर्ने बताउनुभयो छ । 

प्रधानमन्त्री देउवाले पाटीगत विमतिहरूलाई बिर्सिएर देश र जनतालाई केन्द्रमा राखी संविधानको कार्यान्वयनमा सबै दलहरू प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । 

उहाँले भोलिका दिनमा नेपालीलाई दुख नपरोस् भनेर राजनीतिक दलहरू अहिले नै सचेत हुनुपर्नेमा जोड दिनुभयो । 

प्रधानमन्त्री देउवाले सबै राजनीतिक दलको साथ र सहयोगबाटै कोभिड महामारी विरुद्धको खोप सबै नागरिकलाई पुर्‍याउने लक्ष्य पुरा हुँदै गरेको बताउनुभयो । 

उहाँले नेपालको लोकतान्त्रिक संविधानलाई कार्यान्वयन गर्दै सुशासन कायम गर्न आफु प्रतिबद्ध रहेको पनि बताउनुभयो ।  

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेल, जनता समाजवादी पाटीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पाटीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर केसी लगायतका नेताहरूले एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभयो । 

उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले एमाले पाटीको मुखपत्र नवयुगको डिजिटल संस्करण सार्वजनिक गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button