तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस सेन्टर अछामको अध्यक्षमा रावल

अछाम । प्रेस सेन्टर नेपाल, अछाम शाखाको पाँचौँ जिल्ला अधिवेशनले पुनः नरेन्द्र रावलको नेतृत्वमा २१ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा महेश रिमाल, भारती नेपाली, सचिवमा रमेश परियार, सहसचिवमा चन्द्र भण्डारी, मनोज भुल, कोषाध्यक्षमा रुपक परियार लगायत २१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो ।

अछाम सदरमुकाम मङ्गलसेनमा भएको पाँचौँ जिल्ला अधिवेशनले जिल्ला कमिटी तथा अन्य प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको हो ।

अधिवेशनले प्रेस सेन्टरको केन्द्रीय प्रतिनिधिमा पहल साउँद, होम साउँद र जङ्गबहादुर केसी, प्रदेश प्रतिनिधिमा जनक रावत, टेकराज विक, लालबहादुर चँदारा, नवीन साउँद र सुमन परियारलाई चयन गरेको छ ।

उद्घाटन सत्रमा नेकपा (माओवादी केन्द्र) का जिल्ला कार्यालय सदस्य लोकबहादुर बोगटी, नेपाल प्राध्यापक सङ्गठन सुदूरपश्चिम प्रदेश सदस्य झपटबहादुर केसी र प्रेस चौतारी नेपाल अछामका अध्यक्ष टेकराज भण्डारीले शुभकामना दिनुभएको थियो ।

सहभागीले पत्रकारिता पेसालाई मर्यादित, निष्पक्ष र आवाज विहीनको आवाज बन्नुपर्नेमा जोड दिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button