तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

पाँचथर । पाँचथर जिल्ला याङवारक गाउँपालिका वडा नं.१ चिवाभन्ज्याङ स्थित भित्री सडक खण्डमा चिवाभञ्ज्याङबाट च्याङथापु तर्फ आउँदै गरेको प्र १–०१–००१ त ९५६२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १०० मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टर चालक नवराज बेघाको घटनास्थलमा नै  मृत्यु भएको जिल्ला प्रहरी पाँचथरले जानकारी गराएको छ ।

मृतक याङवारक गाउँपालिका वडा न २ बस्ने ३३ वर्षीय नवराज बेघा हुन । शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथर प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button