रहेनन् बास्केटबल सङ्घका पूर्व अध्यक्ष शेर्पा

काठमाडौँ । नेपाल बास्केटबल सङ्घका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्षसमेत रहनुभएको ५० वर्षीय शेर्पाको आज बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको हो ।
उहाँ पछिल्लो तीन वर्षदेखि नशासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले अमेरिका, भारत र चीनमा समेत गएर आफ्नो रोगको उपचार गराउनुभएको थियो तर त्यहाँ उल्लेखनीय सुधार नभएपछि स्वदेश फर्कनुभएको थियो ।
उहाँ नेपाल ओलम्पिक कमिटी (एनओसी)का पूर्व महासचिवसमेत हुनुहुन्थ्यो ।







प्रतिक्रिया राख्नुहोस्