कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रहरूमा नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

कञ्चनपुर। कञ्चनपुरमा नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्य समिति र महाधिवेशन प्रतिनिधिहरूका लागि सोमबार क्षेत्रीय अधिवेशन हुँदै छ ।
कञ्चनपुरका तीन वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरूमा सर्वसम्मत रूपमा कार्यसमिति र प्रतिनिधि छनौट गर्न नसकिएपछि निर्वाचन प्रक्रिया अगाडी बढाई चुनाव भइरहेको नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि बोहराले जानकारी दिनुभयो ।
यही मङ्सिर १० गते जिल्ला कार्य समितिका लागि अधिवेशन हुने नेपाली काँग्रेस प्रचार–प्रसार समिति कञ्चनपुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्