तपाईँ सुन्दै हुनुहुन्छः

तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु

ओखलढुङ्गा । ओखलढुङ्गामा तीर्थयात्री बोकेको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । 

आज चम्पादेवी ककनी दर्शन गरी एकादशी मेला भर्न जाने यात्रु बोकेको जिप सुनकोशी गाउँपालिका ९ को सिकारी डाँडामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र १ जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतिनी रुप्सेका ३५ बर्षिया मिठुमाया मगर, सोही ठाउँकी अन्दाजी १७ बर्षिया तुलसा मगर र खगेन्द्र मगरको घटनास्थलमै र उपचारका लागि अस्पताल लैजाँदै गर्दा शान्ता मगरको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताउनुभयो ।

१८ जना सवार बोलेरोमा सडकबाट करिब ६ सय मिटर तल झरेको थियो । दुर्घटनामा अन्य १४ जना घाइते भएको र घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका गम्भीर घाइते ४ जनालाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ पठाइएको सुनकोशी ९ का वडाध्यक्ष झनककुमार कार्कीले बताउनुभयो ।

घाइतेको काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button