तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा एक जनाको मृत्यु

बर्दिबास । बिपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित कारे भोगटे पुलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

सवारी दुर्घटना हुँदा उदयपुर त्रियुगा नगरपालिका ५ बस्ने ३५ वर्षीय सुन्धिर मिश्राको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । 

बिहीबार बिहान ना १ ज ५७४७ नं.को सुमोले विपरीत दिशा तर्फबाट आउँदै गरेको स १० प ३९९३ नम्बरको मोटरसाइकल लाई ठक्कर दिँदा मोटरसाइकल चालक मिश्रा गम्भीर घाइते भएका थिए । 

गम्भीर घाइते मिश्राको गोल्डेन अस्पताल विराटनगर, मोरङमा उपचारको क्रममा मृत्यु भएको हो । 

ठक्कर दिने सुमो, चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button