तपाईँ सुन्दै हुनुहुन्छः

नेपाललाई ‘वेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त

काठमाडौँ । कोरोना महामारीका बेला नेपालमा अलपत्र परेका विदेशी पर्यटकहरूको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालले ‘वेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको छ । 

विश्व चर्चित वन्डरलस्ट म्यागजिनले मङ्गलवार बेलायतको किन्सिङ्टन प्यालेस गार्डेनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई सो पुरस्कार प्रदान गरिएको छ ।

आयोजकले उक्त अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई हस्तान्तरण गरेको थियो । यो अवार्डका लागि नोमिनेशन भएका नौंवटा मुलुकहरूलाई उछिन्दै नेपालले यो अवार्ड पाएको हो ।

पर्यटन मन्त्री प्रेम बहादुर आले, पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र ६ वटा नेपाली पर्यटन व्यवसायी कम्पनीहरू सन् २०२१ नोभेम्बर १ देखि ३ सम्म लण्डनमा आयोजित वल्र्ड ट्राभल मार्ट (डब्लूटिएम) मा सहभागिता रहेको छ । सोही अवसरमा आयोजित अर्को एक समारोहमा नेपाललाई यो अवार्ड प्रदान गरिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button