तपाईँ सुन्दै हुनुहुन्छः

एकैदिन एक अर्ब रुपैयाँभन्दा बढीको सुनचाँदीको कारोबार

काठमाडौँ । बहुमूल्य धातुको उच्च कारोबार हुने पर्व धनतेरसको एकैदिन यसपटक एक अर्ब रुपैयाँभन्दा बढीको सुनचाँदीको कारोबार भएको छ । 

विगतका वर्षको तुलनामा यस पटकको कारोबारले व्यवसायीलाई राहत भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

काठमाडौँसँगै मुलुकका प्रमुख सहरहरूमा यस दिन सुनचाँदीको कारोबार उत्साहजनक भएको व्यवसायीहरूले बताएका छन् । 

’धनतेरसका दिन व्यवसायीहरूले अनुमान गरेभन्दा बढी सुनचाँदी बिक्री भएको  र यो बिक्री कोरोना पछिको यो ठूलो कारोबार रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मभक्त बज्राचार्यले बताउनुभयो  । उहाँले यस सम्बन्धी सम्पूर्ण विवरणहरू आइनसकको भए पनि तिहार लागेसंगै धनवन्तरी दिवसमा समेत गरेर करिब एक अर्बभन्दा बढीको कारोबार भएको अनुमान गरिएको बताउनु भयो । बज्राचायले धनतेरस कुकुर तिहारको दिनमा मात्र सुन ५० केजीभन्दा बढी र ७ हजार केजी बराबरको चाँदी बिक्री भएको उल्लेख गर्नु भयो । 

बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर भएको छ । बुधवारको तुलनामा सुनको मूल्य बिहीबार तोलामा ५ सय रुपैयाँले घटेर ९१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधवार छाप भएको सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार तेजाबी सुन प्रतितोला ९० हजार ५सय रुपैयाँमा कारोबार भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button