तपाईँ सुन्दै हुनुहुन्छः

नहरमा डुबेर कञ्चनपुरमा एक बालकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा एक बालकको नहरमा डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको वेदकोट नगरपालिका–१ हात्तीथलाका १२ वर्षीय शितल बोहरा रहेका छन्।

महाकाली सिँचाइ तेस्रो परियोजनाको निर्माणाधीन नहरमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button