विङ्गरबाट खसेर एक जनाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरबाट धनगढी तरफ गइरहेको विङ्गरबाट खसेर एक जनाको मृत्यु भएको छ।
मङ्गलवार महेन्द्रनगरदेखि धनगढी आइरहेको म१ज २०९० नम्बरको विङगरबाट खसेर भीमदत्त नगरपालिका–६ का ४० वर्षीय दानसिंह बुडालको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्गको शुक्लाफाँटा नगरपालिका– ५ स्थित अर्जुनी ब्यारेक नजिकै विङगरका सहचालक रहेका बुडाल खसेर घाइते भएका थिए ।
घाइते उनको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्