तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित तीन जना पक्राउ

सङ्खुवासभा । खाँदबारी नगरपालिका–३ माने भञ्याङबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा खाँदबारी–३ का राजेश भगत श्रेष्ठ, रमेश बुढाथोकी र खाँदबारी–४ का रबी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो ।

जाँच गर्ने क्रममा श्रेष्ठको साथबाट एक ग्राम १० मिलिग्राम ब्राउन सुगर, बुढाथोकीको साथबाट एक ग्राम ६५ मिलिग्राम अफिम र  गुरुङको साथबाट ९४० मिलिग्राम अफिम प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । 

पक्राउ परेकामाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि जिप्रका हिरासतमा राखिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button