तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेसको जिल्ला अधिवेशन गर्न नयाँ मतदान अधिकृत बझाङमा

बझाङ । मतदान अधिकृत भागेपछि स्थगित गरिएको बझाङमा नेपाली काँग्रेसको जिल्ला अधिवेशन सोमबार नयाँ मतदान अधिकृत आएसँगै मतदानको बारेमा छलफल चलिरहेको छ । 

१७ गते आइतबार बिहान १० बजेबाट सुरु हुने भनेको मतदान प्रक्रिया बझाङमा नेपाली काँग्रेसको जिल्ला अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख मतदान अधिकृत चेतराज भट्ट शुक्रवार राति १२ बजेपछि पार्टीको सम्पर्कमा नरहेकोले अधिवेशन स्थगित भएको थियो ।  

आज फेरी नेपाली काँग्रेसको जिल्ला अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिले नयाँ मतदान अधिकृत उज्वलराज श्रेष्ठलाई खटाएको छ । नयाँ अधिकृत खटाए सँगै अहिले नेपाली काँग्रेसका नेताहरू छलफलमा जुटिरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button