प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारको छापा

बर्दिबास । महोत्तरीको बर्दिबास स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ ।
बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान कार्यालयमा छापा मारेको हो । प्रदेश २ सरकारले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्ने गरी ‘बेटी पढाऊ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत विद्यालयहरूमा वितरण गर्न खरिद गरेको साइकलमा अनियमितता भएको उजुरी परेपछि बर्दिबास स्थित अख्तियारको कार्यालय टोलीले छापा मारेको बर्दिबास कार्यालयले जनाएको छ । कार्यालयले विद्यालयहरूमा वितरण गर्न खरिद गरेको साइकल सम्बन्धी आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ ।
आवश्यक कागजपत्र नियन्त्रणमा लिए पश्चात् टोली बर्दिबास फर्किसकेको छ । आयोगको बर्दिबासबाट गएको टोलीले मुख्यमन्त्री कार्यालय पुगेर खरिदसम्बन्धी फाइल नियन्त्रणमा लिएको र अनुसन्धान हुने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्