गाउँपालिकाले गर्भवती, सुत्केरी आमा र बालबालिकालाई पोषीलो पिठो वितरण गर्दै
टीकापुर, कैलाली । कैलालीको जानकी गाउँपालिकाले गर्भवती, सुत्केरी आमा र २३ महिनासम्मका बालबालिकालाई पोषीलो पिठो वितरण गरिरहेको छ । यस क्रममा वडा नम्बर २ मा गर्भवती, सुत्केरी आमा र २३ महिनासम्मका बालबालिका गरी २ सय २० जनालाई पोषीलो पिठो वितरण गरिएको छ ।
पोषीलो पिठो वितरण गर्दै वडाध्यक्ष रामकृष्ण थारुले समुदायमा अझै पनि बच्चाहरूमा कुपोषणको समस्या देखिएकोले त्यसको केही मात्रामा भए पनि समस्या समाधान होस् भनी यो कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
यस्तै अन्य विभिन्न वडामा पनि १ हजार ७ सय ६८ जना गर्भवती, सुत्केरी आमा र २ हजार ९७ जना बालबालिका पोषीलो पिठो वितरण गरिएको छ । गाउँपालिकाले विभिन्न वडामा रहेका स्वास्थ्य संस्थाबाट गर्भवती, सुत्केरी आमा र ६ महिना देखी २३ महिनासम्मका बालबालिकालाई पोषण वितरण गरिरहेको स्वास्थ्य शाखाका संयोजक जितबहादुर चौधरीले जानकारी दिनुभयो ।
संयोजक चौधरीका अनुसार पोषीलो पिठो वितरण कार्यक्रम जारी रहेको छ । कोरोना सङ्क्रमणको समयमा पोषीलो पिठो पाउँदा आफूलाई खुसी लागेको वडा नम्बर ३ की सङ्गीता तिरुवाले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्