तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय हितका आधारमा परराष्ट्र सम्बन्ध सन्तुलित ढङ्गले अघि बढाउछु : परराष्ट्र मन्त्री खड्का

काठमाडौँ । नवनियुक्त परराष्ट्र मन्त्री डा.नारायण खड्काले राष्ट्रिय हितलाई ध्यानमा राखेर सन्तुलित परराष्ट्र सम्बन्ध अघि बढाउने बताउनुभएको छ । 

पद तथा गोपनीयताको शपथ लिए लगत्तै आजै मन्त्रालयमा पद बहाली गर्नुहुँदै परराष्ट्र «मन्त्री खड्काले राष्ट्रिय हितलाई ध्यानमा राखेर सबै मुलुकबीचको सम्बन्ध सन्तुलित ढङ्गले अघि बढाउने बताउनुभयो । 

उहाँले राष्ट्रिय हित र परराष्ट्र सम्बन्धलाई सन्तुलित बनाउन मुलुकभित्र सबैसँग सहमति, सहकार्य र परामर्श गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो । 

 परराष्ट्र मन्त्री खड्काले आफ्नो कार्यकाल परराष्ट्रलाई गतिशील, आधुनिक र प्रविधियुक्त ढङ्गले अघि बढाउन केन्द्रित रहने बताउनुभयो । 

No description available.

उहाँ आजै संयुक्त राष्ट्रसङ्घीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ ।

त्यहाँ रहँदा परराष्ट्र मन्त्री खड्काले अन्य मुलुक र खास गरी सार्क मुलुकका परराष्ट्र मन्त्रीहरूसँग साइडलाइन मिटिङ र भेटवार्ता गर्ने जानकारी दिनुभयो । 

परराष्ट्र मन्त्री खड्काले आफु राष्ट्रसङ्घ महासभामा भाग लिन जान लागेको र सो भ्रमणमा एमसीसीको एजेण्डा कुनै प्राथमिकतामा नरहेको पनि स्पष्ट पार्नुभयो । 

उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित खड्काले काँग्रेसमा परराष्ट्र विभाग हेर्दै आउनुभएको थियो । 

अर्थशास्त्रमा पिएचडी गर्नुभएका खड्काले पूर्व शहरी विकास मन्त्रीको जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button