सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिनुभयो ।
तस्करको समूहका सदस्य समेत रहेका कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दर नगरमा सशस्त्र प्रहरी जवान सुदिव सुनार ड्युटीमा तैनाथ भएका बेला सोमबार तस्कर समूहको आक्रमणबाट घाइते भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्