दुर्घटनामा जना ११ घाइते, पाँचको अवस्था गम्भीर
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ बाङ्गेसिमल नजिकै फोर्स गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने छ जना सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
घाइतेहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको फोर्स गाडी अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।







प्रतिक्रिया राख्नुहोस्