तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापामा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुकी चेकजाँचका क्रममा मोरङ पथरी २ का ३४ वर्षीय भीमराज राई र ३२ वर्षीय अनुप सुब्बालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

वर्ताबजारमा उनीहरू चढेको २७ प ८६७४ नम्बरको आपाची मोटरसाइकल चेकजाँच गर्दा उनीहरूको साथबाट २३ ग्राम ब्राउन सुगर र दुई थान मोबाइल सेट बरामद गरिएको र थप अनुसन्धानका लागि उनीहरूलाई इप्रका बिर्तामोडको हिरासतमा राखिएको डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button