लागु औषधसहित तीन जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा लागु औषधसहित तीन जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपालले झिलमिला पोष्ट र प्रहरी चौकी झिलमिलाबाट खटिएको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेको हो।
जिल्लाको बेलडाँडी गाउँपालिका–४ कान्छी बजारबाट वडा नम्बर १ बस्ने अन्दाजी १८ वर्षीया सुदिप विष्ट र वडा नम्बर २ का अन्दाजी १८ वर्षीया सञ्जय विष्ट पक्राउ परेका हुन् ।
उनहिरुको साथबाट अन्दाजी ८ सय मिलिग्राम ब्राउन सुगर फेला पारी ब्राउन सुगरसहित दुवै जनालाई आवश्यक कारबाहीको लागी इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको गणले जनाएको छ ।
त्यसैगरी, लागु औषधसहित भीमदत्त नगरपालिका–१३ बडैपुरका ३५ वर्षीय पदम सिंह कठायत पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको हो ।त्यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्