तपाईँ सुन्दै हुनुहुन्छः

प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको आज बसेको बैठकले भोलिदेखि सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा पार्टीका सबै सांसदलाई अनिवार्य उपस्थित भई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ । 


बैठकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसदहरूलाई तयारीका साथ संसद् बैठकमा भाग लिन र प्रभावकारी भूमिका खेल्न निर्देशन दिनुभएको हो । 


बैठकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता देउवाले एमसिसि नयाँ विषयवस्तु नभएको र यो विगतका सरकारहरूले गरेका सम्झौताको निरन्तरता रहेकाले यस विषयमा भ्रम सिर्जन गर्ने काम नगर्न र सो विषयलाई अध्ययन गरेर मात्र प्रतिक्रिया दिन आग्रह गर्नुभएको नेपाली काँग्रेसका सचेतक पुष्पा भुसालले बताउनुभयो । 


बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाका सम्बन्धमा गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पठाएको कूटनीतिक नोटका सम्बन्धमा जानकारी गराउनुभएको सचेतक भुसालले बताउनुभयो । 


उहाँले बैठकमा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलिको संसद् बैठकमा राजनैतिक दलसम्बन्धी अध्यादेशका साथै विगतमा विचाराधीन रहेका अध्यादेशहरू प्रस्तुत हुने बताउनुभएको पनि जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button