दाइजो मुक्त अभियान पुनः सञ्चालन

वीरगञ्ज । कोरोना कहरको कारण बिचमा स्थगित रहेको पब्लिक एफ एमको दाइजो मुक्त अभियान शनिवारबाट पुनः सञ्चालन गरिएको छ ।
शनिवार वीरगन्ज महानगरपालिका वडा नम्बर २८ मा एक जन चेतनामूलक कार्यक्रमको आयोजना गरी अभियानको शुभारम्भ गरिएको हो ।
एफ.एमका निर्देशक शम्भु महतो थारुको अध्यक्षतामा स्थानीय श्री महानन्द प्रसाद उपाध्याय मा.बिमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडा नं.२८ की वडा अध्यक्ष गिरिजा देवी, पूर्व विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि हिरालाल पटेल, स्थानीय नेता ध्रुव राउत, श्रीनाथ मिश्रा, वडा सदस्य राज कुमार राउत, नेता जय नारायण सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण एफ.एमका कार्यक्रम संयोजक लालबाबु सिंहले गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्