तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र चीन बीच सीमा विवाद छैन : चिनियाँ दूतावास

काठमाडौं । नेपाल स्थित चिनियाँ दूतावासले नेपाल र चीन बीच सीमालाई लिएर कुनै विवाद नरहेको प्रतिक्रिया दिएको छ ।

नेपाल र चीनले सन् १९६० काे दशकमै वार्ताको माध्यमबाट सीमा विवाद हल गरिसकेको र त्यस उपरान्त नेपाल र चीनको सिमानालाई लिएर कुनै पनि विवाद नगरेको चिनियाँ दूतावासका प्रवक्ता सिउतान लुआनले बताउनु भएको छ ।

यसअघि मन्त्रिपरिषद्को बैठकले हुम्लामा सीमाबारे अध्ययन गर्न समिति बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button