दशबुँदे सहमति पत्रको भ्रममा नपरी नेकपा (एकिकृत समाजवादी)मा आउन नेपालको आग्रह

काठमाडौँ । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दशबुँदे सहमति पत्रको भ्रममा नपरी नेकपा एकिकृत समाजवादीमा समाहित हुन नेता–कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
नेकपा (एकिकृत समाजवादी)को संसदीय दलको नेता भएपछि आज पदभार ग्रहण गर्नुहुँदै अध्यक्ष नेपालले दश बुँदे सहमति पार्टी एकताका लागि नभई सीमित व्यक्तिको स्वार्थमा केन्द्रित रहेकाले त्यसको औचित्य नभएको बताउनुभयो ।
अध्यक्ष नेपालले आफ्नो पार्टी नेपालको समृद्धिलाई विशेष बढवा दिँदै नयाँ ढङ्गले अगाडि बढ्ने बताउनुभयो ।
अध्यक्ष नेपालले भदौ २२ पछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने सङ्केत गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्