सल्यानमा नाइट भिजनसहित ९ वटा हेलिप्याड निमार्ण

सल्यान । सल्यानमा नाइट भिजनसहित ९ हेलिप्याड निमार्ण गरिएको छ ।
विपद् पूर्व तयारी स्वरूप नाइट भिजन सहितका ९ वटा हेलिप्याड निमार्ण गरिएको हो ।
जिल्लामा रहेका सात वटा गाउँपालिकामा १÷ १ का दरले र ३ नगरपालिकामा २ /२ का दरले १३ वटा हेलिप्याड निमार्ण गर्ने योजना अनुसार अहिलेसम्म ९ वटा निमार्ण सम्पन्न भइसकेको नेपाली सेना सबुझ गणले जनाएको छ ।
नेपाली सेनाको सिमखर्क ब्यारेकको हाता भित्र नाइट भिजन हेलिप्याड निमार्ण गरिएको छ ।
नाइट भिजन हेलिप्याडको काम अन्तिम चरणमा पुगेको र प्राविधिक सहितको टोलीले अनुगमन गरी हेलिप्याड ल्यान्ड गरेपछि पूर्णता पाउने सबुज गणका गणपति कञ्चन कृष्ण बस्नेतले बताउनुभयो ।
नाइट भिजन हेलिप्याड सञ्चालनमा आए रातको समयमा हुनै घटनामा उद्धार तथा व्यवस्थापनमा निकै सहज हुने बताउनुभयो ।
शारदा नगरपालिकामा दुई, बनगाड कपिण्डे र बागचौर नगरपालिकामा १/१ वटा हेलिप्याड निमार्ण गरिएको छ ।
यस्तै कपुरकोट, छत्रेश्वरी,दार्मा र कुमाख गरी ९ वटा हेलिप्याड निर्माण गरिएको छ । कालीमाटी र त्रिवेणीमा केही समय भित्रै निमार्ण सम्पन्न हुने बस्नेतले बताउनुभयो ।
सरकारले दुर्गम क्षेत्रका गर्भवती, नवजात शिशुको उपचारका साथै दुर्घटनाका गम्भीर घाइतेको सहज उपचारका लागि एयर एम्बुलेन्स सुरु गरेपछि हेलिप्याड निमार्णलाई जोड दिइएको प्रमुख सेनानी बस्नेतले बताउनुभयो ।
आकस्मिक बिरामी र दुर्घटनाको घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि हेलिप्याड निमार्ण गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताउनुभयो । विपद् पूर्व तयारीका लागि सबै स्थानीय तहमा हेलिप्याड निर्माण भइरहेको उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्