तपाईँ सुन्दै हुनुहुन्छः

ब्लक उद्योगमा मेसिनको फित्तामा बेरिएर एक मजदुरको मृत्यु

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित साँखरमा रहेको एक ब्लक उद्योगमा मेसिनको फित्तामा बेरिएर कामदारको मृत्यु भएको छ । 

काम गर्ने क्रममा फित्तामा बेरिँदा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ वर्षीय केशव चौधरी मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो । 

प्रहरी निरीक्षक खड्काका अनुसार बुधवार बिहान मेसिनको फित्तामा बेरिएको अवस्थामा चौधरीको शव फेला परेको थियो ।  

स्थानीयले मेसिनको फित्तामा बेरिएको फेला पारेपछि तनहुँ सेवा हस्पिटल दुलेगौँडामा उपचार गर्न ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको उहाँले जानकारी दिनुभयो । 

प्रहरी निरीक्षक खड्काका अनुसार मृतक चौधारी मेसिनमा एक्लै काम गर्दै आइरहेका थिए । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button