गौरा पर्वमा गाउँ गाउँमा मास्क वितरण

बैतडी । पब्लिक पावर अभियानका अभियन्ता भोजराज जोशी क्वालिटीले मास्क वितरण कार्यक्रम सञ्चालन गर्नुभएको छ ।
गौरा पर्वमा गाउँ गाउँमा भिडभाड भइरहेकाले गौरामै पुगेर मास्क नलगाएका व्यक्तिहरूलाई वितरण गरिरहेको उहाँले बताउनुभयो । आफ्नै लगानीमा १० हजार मास्क वितरण गर्न लागेको उहाँले बताउनुभयो ।
मास्क दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका, मेलौली नगरपालिका र दशरथचन्द नगरपालिकाका गाउँघरमा वितरण गरिन लागेको हो ।
वितरणका लागी सबै ठाउँमा मास्क पुर्याइसकेको अभियन्ता जोशीले बताउनुभयो ।
कोरोनाबाट बच्नका लागि सबैले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भए पनि धेरै व्यक्तिले नलगाएको पाइएकाले मास्क वितरण गर्न लागेको उहाँले बताउनुभयो ।
मास्क वितरण गर्दै कोरोनाबाट बच्ने उपायबारे जानकारी दिइरहेको उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्