तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा लगाइएका दुवै मात्रा खोपमा ९० प्रतिशत एन्टीबडी : सर्वेक्षण

File photo

काठमाडौँ । नेपालमा लगाइएका कोरोना विरुद्धका दुवै मात्रा खोपमा ९० प्रतिशत एन्टीबडी पाइएको सरकारले जनाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको एक मात्रा खोप लगाएका व्यक्तिहरूमा ८० प्रतिशत र दुवै मात्रा लगाएका व्यक्तिहरूमा ९० प्रतिशत एन्टिबडी देखिएको जनाएको हो । 

सरकारले गरेको राष्ट्रिय सेरोप्रिभ्यालेन्स सर्वेक्षणमा असार २१ गतेदेखि साउन ३० गतेसम्म सङ्कलित नमुनामध्ये १३ हजार १ सय ६१ जनाको नमुनाको परिक्षण गरी विश्लेषण गरिएकोमा ६८ दशमलव ६ प्रतिशत नमुनामा कोभिड–१९ एन्टीबडी देखिएको प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिनुभयो । 

यस सर्वेक्षणबाट सातै प्रदेश, हिमाल, पहाड, तराई, सबै उमेर समूहमा समान किसिमको एन्टीबडी देखिएको मन्त्रालयले जनाएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसले रूप परिवर्तन गरिरहने जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह समेत गरेको छ । 

सरकारले कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएमा स्थानीय तहसँग सम्पर्क गरी निःशुल्क परीक्षण गर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।  

No description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button