झापामा निषेधाज्ञा १० दिन थपियो

भद्रपुर, झापा । झापामा कोरोना संक्रमण र मृत्युदर नघटेपछि थप १० दिन निषेधाज्ञा लम्बाइएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा आज बिहीबार बसेको कोभिड व्यवस्थापन समिति (डीसीएमसी)–को बैठकले भदौ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
बैठकले अन्य निर्णयहरुलाई यथावत् राख्दै खाद्यान्न, फलफूल, तरकारी, बिऊबिजन, दुग्धजन्य पदार्थ बिक्री–वितरण गर्न पाउने पसलको हकमा समय परिवर्तन गरेको छ ।
अब ती पसलहरू बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाउनेछन् । त्यस्तै होटेल, खाजा घर बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुला रहनेसमेत निर्णय गरेको छ ।
कपडा, हार्डवेयर लगायतका अन्य सबै प्रकारका पसलहरू बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला गर्न पाउने निर्णयलाई नै निरन्तरता दिएको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्